लागूऔषध ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधिसहित १४ कारोबारी पक्राउ

लागूऔषध ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधिसहित १४ कारोबारी पक्राउ
फाइल फोटो

सुनसरी : कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागू औषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार रािित सुनसरी, झापा, मोरङ, इलाम र उदयपुरका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा विशेष अपरेशनका क्रममा ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधिसहित उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले बताएका छन् ।

सुनसरीको धरान–८ बाट स्थानिय तुफान विश्वकर्मालाई ३ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।  कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–३ का जीवन कार्की, अनिल राजधामी तथा इटहरी–७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको एसपी तिम्सिनाले बताए । 

झापाको भद्रपुर नगरपालिका–४ बाट १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पाँचथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर–५ का सुमन मुखियालाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–४ बाट शिवसताक्षी नगरपालिका–११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको एसपी तिम्सिनाले बताए । 

इलाम नगरपालिका–९ बाट सोही स्थानका सुधिर अधिकारी र पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । उदयपुरको बेलका नगरपालिका–८ स्थितबाट प्र.०१–००१ ह १८८१ नम्बरको अटोमा लुकाइछिपाइ ल्याउँदै गरेको २७ किलोग्राम गाँजासहित चालक अशोक राईलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए । 

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट नाइट्राजेपाम ९० ट्याब्लेटसहित मोरङ सुन्दरहरैचा–२ का २० वर्षीय सुदिप उराउ पक्राउ परेका छन् । उर्लावारी–९ स्थित बलबहादुर श्रेष्ठको घरबाट विभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० र ४८५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै अभियुक्तलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको  एसपी तिम्सिनाले बताएका छन् । प्रहरीले कोशी प्रदेशका सबै जिल्लामा लागु औषध नियन्त्रण गर्न प्रहरीको बिशेष टोली परिचालन गरिएको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.