स्वस्थ जीवनशैली अपनाऔं
स्वास्थ्य बिग्रिने मुख्य तीन कारण नै खानपान, आनीबानी र तनाव तथा चिन्ताले हो । स्वास्थ्य राम्रो राख्ने मुख्य तीन कुरामा सन्तुलित खानपान, स्वस्थ जीवनशैली र मानसिक तनावको व्यवस्थापन हुन् ।
स्वस्थ महसुस हुँदा आफूलाई रोग लाग्दैन भन्ने सोच कतिपयको हुन्छ। जीवनशैली र खानपान नै रोगको जड हो। स्वास्थ्य बिग्रिने मुख्य तीन कारण नै खानपान, आनीबानी र तनाव तथा चिन्ताले हो। स्वास्थ्य राम्रो राख्ने मुख्य तीन कुरामा सन्तुलित खानपान, स्वस्थ जीवनशैली र मानसिक तनावको व्यवस्थापन हुन्। अधिकांश बिरामीहरूमा देखिने समस्या यिनै पक्षमा भएको लापरबाहीसँग जोडिएको पाइन्छ। स्वास्थ्य राम्रो राख्न समय, लगानी र सचेत प्रयास चाहिन्छ।
तर, यो स्वतः आउने कुरा होइन। स्वास्थ्यप्रति बेवास्ता गरियो भने सर्ने होस् वा नसर्ने, कुनै न कुनै रोगले समात्न सक्छ। रोग लागेपछि उपचार खोज्नुभन्दा पहिले नै बच्ने सोच र अभ्यास आवश्यक छ। यी रोगहरूबाट बच्न सक्दो प्रयास गर्नैपर्छ। रोगहरूबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण तीनवटा कुरा महत्वपूर्ण मानिन्छ। पौष्टिकयुक्त र सफा खानपान, स्वस्थ जीवनशैली र मानसिक तनावमुक्त जीवनले स्वस्थ हुन सहयोग पु¥याउँछ। बहुसंख्यक बिरामी पर्ने व्यक्तिहरू यी तिनै कुरामा लापरबाही गर्नाले भएको देखिन्छ। जानीजानी लापरबाही नगरेको हुन सक्छ।
स्वास्थ्य राम्रो राख्नका लागि समय, लगानी र प्रयास आवश्यक छन्। रोग लागेपछि उपचार गरौंला भन्ने सोचभन्दा सकभर रोगहरू नलागून् भन्ने प्रयास हुनुपर्छ। प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहन्छन्। तर स्वास्थ्यलाई हानि गर्ने विभिन्न कुराहरूबाट बच्न नै आजकल कठिन हुँदैछ। निकै मनलाई लोभ्याउने र आकर्षक विज्ञापनहरू हामी टेलिभिजनमा हेरिरहेका हुन्छौं, रेडियोमा सुनिरहेका हुन्छौं, पत्रपत्रिकामा यस्ता विज्ञापनहरू बडो आकर्षक रूपमा देखाइएको हुन्छ र यी सबैमा हाम्रो ध्यान पुगिहाल्छ।
विज्ञापनमा भनेका कुरा हामी सहजै र पूरै पत्याउँछौं र आफ्नो व्यापार बढाउन विज्ञापन गरेको हो भन्ने बिर्सन्छौं। नेपाललगायत छिमेकी देशहरूमा मधुमेह रोग बढ्दै छ। पहिलेभन्दा धेरै होला गुणा मधुमेह बढ्नुको कारण के हो त भन्दा हाम्रो परिवर्तित खानपान र आग्छ, जीवनशैली नै हो। खानपानमा चिनीको मात्रै कुरा गरौं चिनीमा पोषण तत्व जस्तै प्रोटिन, फ्याट, मिनिरल्स र भिटामिन केही हुँदैन, सिर्फ क्यालोरी वा शक्ति मात्र हुन्छ। गुलियोको स्वाद पाएपछि, सकभर गुलियो बढी खान बोज्ने रहेछन् र यही बानी पछिसम्म रहिरहने रहेछ।
यदि चिनी, चिनी मििश्रत जंकफुडहरू मिलाएका फ्रुट जुसहरू, विभिन्न कोल्ड ड्रिंक्सहरू र मिठाईहरू मात्र खान छाड्यो भने स्वतः स्वास्थ्यमा सुधार आउँछ। मधुमेह र मोटोपनको खतरा पनि हुने छैन। ताजा फलफूलमा हुने गुलियोपन सीमित मात्रामा प्रयोग गर्दा ज्यादा कुनै नोक्सान भने गर्दैन। हामी कुनै भोजभतेरमा गयौं र खुब खायौं भने त्यसको अनुभव सबैलाई छ होला। बढी खाएपछि आलस्यपन आउँछ। कहाँ पल्टिउँ वा सुतौंजस्तो लाग्छ। झुपुझुपु निद्रा लाग्छ, काम गर्ने जाँगर आउँदैन।
ठिक्क मात्रामा पोसिलो खानेकुरा खाँदा स्फूर्ति बढ्छ। काम राम्रोसँग गर्न सकिन्छ। कुन खानेकुराहरू ठीक हुन् र कुन होइनन् भन्ने हामीलाई ज्ञान हुनु पर्दछ। खाना खाएको आधा घण्टामा आफैं थाहा पाउन सकिन्छ। स्वस्थ जीवनशैली अपनाउन खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। मौसमअनुसारका फलफूल, सागपात खाने गर्नुपर्छ। पोषणतत्वयुक्त सन्तुलित खाना खानुपर्छ। दिनको एक घण्टा समय निकालेर शारीरिक व्यायाम गर्नुपर्छ। दैनिक कम्तीमा सात घण्टा सुत्ने गर्नुपर्छ। हप्ताको एक पटक आफ्नो परिवार वा साथीहरूसँग समय बिताउने स्वस्थ जीवनशैलीका तरिकाहरू हुन्।
स्वास्थ्य बिग्रिनु अचानक हुने प्रक्रिया होइन। यो हाम्रो दैनिक बानी, खानपान र सोचको परिणाम हो। त्यसैले, रोग लागेपछि होइन, लाग्नै नदिने जीवनशैली अपनाउनु नै दीर्घकालीन स्वास्थ्यको सही बाटो हो।
प्रतिक्रिया दिनुहोस !