सुनसरीमा भएको स्वीप अप्रेसनमा १२० जना पक्राउ

सुनसरीमा भएको स्वीप अप्रेसनमा १२० जना पक्राउ
सुन्नुहोस्

सुनसरी : आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’ अन्तर्गत १२० जनालाई पक्राउ गरेको छ। 

प्रतिबन्धित लागुऔषध कारोबार, सेवन तथा समाजमा गुण्डागर्दी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि लक्षित गरी दुई चरणमा सञ्चालन गरिएको उक्त अप्रेसन अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले बताएका छन्।

प्रहरीले सुनसरीका धरान, इटहरी, इनरुवा, झुम्का, महेन्द्रनगर, खनार, दुहबी लगायतका स्थानमा वैशाख ९ गते साँझ ६ बजेदेखि वैशाख ११ गते बिहान सम्म गरेको स्वीप अप्रेसनमा उनीहरूलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी थेबेले बताए। अप्रेसनमा ११५ पुरुष र ५ महिलासहित कुल १२० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार नियन्त्रणमा लिइएकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई सुधार केन्द्र पठाइएको छ। असामाजिक कार्यमा संलग्न ७६ जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाइएको छ। त्यस्तै, २ जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गरिएको र १ जना फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। गुण्डागर्दी गर्ने ४ जनालाई पक्राउ गरि अभद्र व्यवहारको मुद्दा चलाइएको डीएसपी खड्काले बताए।

पक्राउ परेका मध्ये प्रहरीले २६ जनामाथि अनुसन्धान जारी राखेको छ। अप्रेसनका क्रममा २६ दशमलव  ५६ ग्राम ब्राउन सुगर तथा ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। एसपी थेबेले समाजमा शान्ति सुरक्षा कायम गर्न यस्ता अप्रेसनलाई निरन्तरता दिइने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.