दक्षिण–पूर्वी एसियाली राष्ट्रबाट ६१२ नेपालीको उद्दार

इरानमा समातिएका अमृत झाको रिहाइ प्रक्रिया पुरा हुन बाँकी

दक्षिण–पूर्वी एसियाली राष्ट्रबाट ६१२ नेपालीको उद्दार
सुन्नुहोस्

काठमाडौं : परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितमा संवेदनशील रहेको जनाएको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको र सो क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षामा संवेदनशील रहेको बताएका छन् । पश्चिमी एसिया क्षेत्रमा ठूलो संख्यामा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि नेपाल सरकारको पहल जारी रहेको उनको भनाइ छ ।

उनले तेहरानमा रहेका १० जना नेपाली नागरिकमध्ये २ जना नेपाल फर्कने तयारीमा रहेको र बाँकी ८ जनाले तुरुन्त फर्कन नचाहेको जानकारी दिए । द्वन्द्व सुरु हुनुपूर्व नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा संलग्न रहेको पानीजहाजको मुद्दाकाबारेमा स्थानीय अदालतबाट एक चरणको फैसला भई चार जना रिहा भइसकेको र झासहित बाँकीको रिहाइको प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ ।

यद्यपि इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणाली अन्तर्गत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकाले यो विषय टुङ्गिन केही दिन लाग्न सक्ने देखिएको प्रवक्ता क्षेत्रीले बताए । त्यस्तै उनले कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको जानकारी दिए । थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासको पहलमा हालसम्म दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६१२ नेपालीको उद्दार गरिएको समेत मन्त्रालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.