बल प्रयोग होइन, न्यायपूर्ण दृष्टिकोणबाट सुकुम्बासी समस्या समाधान गर्न सरकारसँग कांग्रेसको माग

बल प्रयोग होइन, न्यायपूर्ण दृष्टिकोणबाट सुकुम्बासी समस्या समाधान गर्न सरकारसँग कांग्रेसको माग
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्बासी समस्याको समाधान बल प्रयोगभन्दा पनि न्यायपूर्ण, कानुनी र मानवीय दृष्टिकोणबाट गर्न सरकारसँग माग गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकले सुकुम्बासी समस्या एक दल वा समूहको मात्र नभई समग्र राष्ट्रकै साझा समस्या भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनुपर्ने जनाएको छ।

कांग्रेसका अनुसार सुकुम्बासी समस्याको समाधानप्रति सबै राजनीतिक दलहरू प्रतिबद्ध रहेकाले यसलाई संवेदनशील रूपमा सम्बोधन गर्न आवश्यक छ। पार्टीले आफ्नो प्रतिज्ञापत्रमार्फत यस विषयमा स्पष्ट दृष्टिकोण र समाधानका आधारहरू सार्वजनिक गरिसकेको पनि जनाएको छ।

कांग्रेसले सम्मानित अदालतका आदेशहरू तथा विगतका संसदीय समितिहरूका निर्णयहरूलाई मार्गदर्शक बनाएर सरकार अघि बढ्नुपर्ने धारणा राखेको छ। बल प्रयोगभन्दा अघि विवेकपूर्ण, न्यायोचित र मानवीय उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उसले वास्तविक सुकुम्बासीको पहिचान सुनिश्चित गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ।

वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु राज्यको नीतिगत दायित्व मात्र नभई उनीहरूको मौलिक अधिकारसँग जोडिएको संवैधानिक कर्तव्य भएको कांग्रेसको भनाइ छ। यसो गर्दा सुकुम्बासीको नाममा अवैध रूपमा फाइदा लिइरहेकाहरूलाई कानुनअनुसार कारबाही गर्ने आधार समेत तयार हुने उल्लेख गरिएको छ।

सरकारले आफ्नो दायित्व पूरा नगरी बल प्रयोगमार्फत समस्या समाधान खोज्नु अपरिपक्व र अविवेकी शैली हुने भन्दै कांग्रेसले संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ सुकुम्बासी समस्याको दिगो समाधानतर्फ अग्रसर हुन सरकारलाई पुनः आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.