नुवाकोटको जंगलमा युवकको शव, वृद्ध मृत भेटिए
नुवाकोट : नुवाकोटको छिमेकी रसुवाको स्योगाउँमा एक वृद्ध मृत भेटिएका छन् । यता, नुवाकोटको जंगलमा एक युवकको शव फेला परेको छ ।
आमाछोदिङ्मो गाउँपालिका ४, स्योगाउँका ६३ वर्षीय वृद्ध सन्डु तामाङ आफ्नै घरको भान्सा कोठाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ । उनको काठको बलोमा झुण्डिएको अवस्थामा शव फेला परेको वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यता, नुवाकोटको बिदुर नगरपालिका–२ देउराली जंगलमा धरमपानीका ३१ वर्षीय सुवास मिजारको शव फेला परेको छ । उनको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्कासहित आवश्यक अनुसन्धान कार्य भइरहेको छ । दुवै घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !