स्याङ्जामा चट्याङ् लागेर युवकको मृत्यु, एक जना घाइते

स्याङ्जामा चट्याङ् लागेर युवकको मृत्यु, एक जना घाइते
सांकेतिक तस्बिर

स्याङ्जा : अविरल बर्षासँगै परेको चट्याङका कारण स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार साँझ ७ बजे बर्षासँग चट्याङ पर्दा एउटा कुखुरा फार्म पूर्णरुपमा क्षति भएको छ ।

बिरुवा गाउँपालिका –२ श्रीडाँडामा चट्याङका कारण २० बर्षीय मिलन विकको मृत्यु, हरिनास गाउँपालिका —४ का सारुथरका ५८ बर्षीय खिमबहादुर थापा घाइते भएको र सोही स्थानको संचानमारमा रहेको कुखुरासहितको फार्ममा ठूलो क्षति पुगेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए । 

घरमा बसिरहेका बेला चट्याङको झट्का लागेर घाइते भएका विकको उपचारका क्रममा प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा शनिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ्का कारण घाइते भएका हरिनासका थापा भने सेतीगंगा अस्पताल तनहुँमा उपचारपछि घर फर्केका छन् । थापा कुखुरा फार्मदेखि ३ सय मिटर पर बसेका थिए ।  सारुथरस्थित तेजबहादुर थापाको कुखुरा फार्ममा चट्याङ पर्दा फार्ममा रहेका साना–ठूला गरी ५ सय ५० वटा कुखुरा मरेका छन् भने फार्म पूर्णरूपमा क्षति भएको प्रनाउ चौधरीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.