ट्रम्पको टिप्पणी : इरान आर्थिक रुपमा ढल्दैछ, सेना–प्रहरीले तलव पाएका छैनन्

ट्रम्पको टिप्पणी : इरान आर्थिक रुपमा ढल्दैछ, सेना–प्रहरीले तलव पाएका छैनन्
सुन्नुहोस्

अमेरिका : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘आर्थिक रूपमा ध्वस्त’ हुँदै गएको दाबी गरेका छन् । उनले वाशिङ्टनले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले दैनिक करोडौं डलर गुमाइरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार राति आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘इरान आर्थिक रूपमा ढल्दैछ ! उनीहरू तुरुन्तै होर्मुज जलडमरू खोल्न चाहन्छन् । पैसाका लागि हतारिँदै छन् ।  दैनिक ५०० मिलियन डलर घाटा व्यहोरी रहेको र सेना र प्रहरीले तलब नपाएको गुनासो गरिरहेका छन् ।’

इरानी बन्दरगाहहरूमाथि अमेरिकी नाकाबन्दी अप्रिल १३ मा बाट सुरु भएको हो । त्यसपछि, अमेरिकाले होर्मुज जलडमरू नजिकै इरानी झण्डा बोकेको एउटा ट्यांकरमा गोली चलाएर नियन्त्रणमा लिएको छ । साथै इरानसँग सम्बन्धित मालवाहक जहाजहरूलाई समुद्रमा नै मोडिदिएको छ । इरानका सशस्त्र बलहरूले यसलाई ‘अवैध कार्य’ र ‘डाँका सरह’ भनेका छन् ।

अमेरिकी नाकाबन्दीको जवाफमा, इरानले होर्मुज जलडमरू विदेशी जहाजहरूका लागि बन्द गरेको छ र केही विदेशी झण्डा बोकेका जहाजहरू नियन्त्रणमा लिएको छ । यसअघि, इरानले ‘मैत्रीपूर्ण’ ठानेका केही जहाजहरूलाई पार गर्न अनुमति दिएको थियो । अप्रिल १९ मा, इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरिफले ‘हर्मुज जलडमरूको सुरक्षा निःशुल्क होइन’ भनेका थिए । उनले एक्समा लेखेका छन्, ‘इरानको तेल निर्यात रोक्दै अरूले निःशुल्क सुरक्षा पाउने अपेक्षा गर्न सकिँदैन ।’ ‘छनोट स्पष्ट छ ः या त सबैका लागि स्वतन्त्र तेल बजार वा सबैका लागि ठूलो लागतको जोखिम’, उनले थपे ।

उनले भनेका छन्, ‘वैश्विक इन्धन मूल्यको स्थिरता इरान र उसका सहयोगीहरूमाथिको आर्थिक र सैन्य दबाबको अन्त्यमा निर्भर छ ।’ बिहीबार सामाजिक सञ्जालमा दिएको वक्तव्यमा, इरानका संसदीय सभामुख तथा युद्धविराम वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले पूर्ण युद्धविराम सम्भव हुन अमेरिकाको नाकाबन्दी हटाइनु आवश्यक रहेको बताएका छन् । विश्लेषकहरूका अनुसार, नाकाबन्दीले इरानलाई असर गरिरहेको छ, तर देशसँग यसलाई सहन सक्ने आर्थिक र राजनीतिक क्षमता अझै रहेको विश्वास गरिन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.