गर्भवती मृत्यु प्रकरण : डा. सतिस रुपाखेती निलम्बनमा, दुई क्लिनिक बन्द

गर्भवती मृत्यु प्रकरण : डा. सतिस रुपाखेती निलम्बनमा, दुई क्लिनिक बन्द

बुटवल : गर्भपतन गराउँदा मृत्यु भएकी बगनासकाली गाउँपालिका–२ पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा गठित छानबिन समितिले गरेको सिफारिसका आधारमा उपचारमा लापरवाही गरेको भन्दै डा. सतिस रुपाखेतीलाई नेपाल मेडिकल काउन्सिलले तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ । 

समिति गठन भएको तीन दिनमै समितिले तयार प्रतिवेदन शनिवार सार्वजनिक गरेको हो । निलम्बनमा परेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रुपाखेती इन्दुलेखा क्लिनिकमा कार्यरत छन् । काउन्सिलले इन्दुलेखा र जोनल फार्मेसीलाई सञ्चालनमा तत्कालका लागि रोक लगाएको नेपाल मेडिकल काउन्सिलका सदस्य एवं छानबिन समितिका संयोजक डा. सम्राट पराजुलीले जानकारी दिए । नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई उपचारमा लापरवाही गर्ने मेडिकललाई सञ्चालनमा रोक लगाउन पत्राचार गरिने उनले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । 

नेपाल मेडिकल काउन्सिलले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेपछि शुक्रवार परिवारले शव बुझेका थिए । उपचारमा संलग्न चिकित्सकहरुलाई कानुन अनुसार कारवाहीका लागि पीडित परिवारले माग गरिरहेका छन् । पाण्डेको पेटमा १२ हप्ताको हुर्किरहेको गर्भसहित अकालमै आमाको ज्यान गएको थियो । उपचारमा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.