चट्याङ लागेर सर्लाहीमा एकजना घाइते, १४ पशु चौपाय मरे
रौतहट : सर्लाहीमा चट्याङ लागेर एकजना घाइते भएका छन्। जिल्लाको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् ।
उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेपछि सीतारामको तराई अस्पताल रौतहटमा उपचार भइरहेको परिवारले जनाएको छ । घरगोठमा चट्याङ पर्दा यादवले पालेको १४ वटा चौपायसमेत मरेका छन् ।
इलाका प्रहरी कार्यालय हरकठवाका अनुसार चट्याङ परेर ९ वटा बाख्रा र पाँचवटा भैँसी मरेका छ्न् । चट्याङ परेर आगलागी हुँदा गोठसमेत पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !