हावाहुरीले उडाएका घर मर्मत गर्दै युवाहरू

हावाहुरीले उडाएका घर मर्मत गर्दै युवाहरू
सुन्नुहोस्

गोरखा : केही दिनअघि हावाहुरीले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवाहरू मिलेर मर्मत सम्भार गर्दै छन्। पालुङ्टार नगरपालिका-९ मा गत वैशाख ६ गतेको हावाहुरीले उडाएका घरहरू गाउँले युवाहरू परस्पर मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन्। 

हावाहुरीले उडाएका घरहरू हारगुहारमा मर्मतसम्भार गरिरहेको स्थानीय युवाहरू बताउँछन्। ‘हावाहुरीले गाउँमा सबैजसोका घर उडायो। हावाहुरीसँगै पानी परेर घरभित्रका सामान भिजायो’,  पालुङ्टार ९ सिस्नेरी टोलका सुरेश सुनारी मगरले भने, ‘गाउँमा विपद् परेको भोलिपल्टै हामीले एउटा डफ्फा बनायौँ। काठको काम जान्नेले काठको काम, छाना छाउन जान्नेले छानाको काम, विद्युत वायरिङ जान्नेले वायरिङको काम, जसले जे जानेको छ त्यही काम गरेर सबैलाई मद्दत गरिरहेका छौँ।’ 

युवाहरूको स्वयंसेवी अभियानले अहिलेसम्म २० भन्दा धेरैको घर मर्मतसम्भार गरिसकेको उनले बताए। गाउँमा तीनवटासम्म समूह बनाएर काम भइरहेको अर्का स्थानीय भक्तबहादुर राना मगरले बताए। ‘घरको क्षतिको अबस्था हेरेर धेरैजना चाहिने रहेछ भने धेरैजना मिलेर, थोरै चाहिन्छ भने त्यही अनुसार दुइटा, तीनवटा समूह बनाएर घर मर्मतको काम गरिरहेका छौं’, उनले भने, ‘एउटा घर चाँडै नै मर्मतसम्भार भइसक्यो भने त्यो समूह पनि अर्कोमा थपिएर काम गर्छौं। बिहानैदेखि साँझसम्म काम गरिरहेका छौं।’ गाउँले सबैजना विपदमा परेकाले सबै मिलेर सबैलाई सहयोग गरिरहेको उनले बताए।

सो दिनको साँझपख चलेको हावाहुरीले पालुङ्टार नगरपालिका ९ मा ३८ घरको छाना उडाएको नगरपालिकाले जानकारी दिएको छ। वडा नं. ८ मा ८, वडा नं. ७ मा १० घर र वडा नं. ६ मा १३ घर उडाएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी बताउँछन्। वडा नं. ९ को त्रिवेणी मावि र एउटा स्वास्थ्य संस्थासमेत उडाएको बिसीले जानकारी दिए। 

पालिकाले तत्कालको सममस्या समाधानका लागि त्रिपाल वितरण गरेको उनको भनाइ छ। ‘अहिले लगत संकलन भर्खर सकिएको छ। केही दिनमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्ण क्षति भएकाहरूको घर पालिकाले मर्मत गरिदिने निर्णय गर्नेछौं’, उनले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.