सोनमामा नामको मात्र पशु सेवा केन्द्र

सोनमामा नामको मात्र पशु सेवा केन्द्र

महोत्तरी : ‘न त कर्मचारी छन् न त दबाइ नै’ यो गुनासो पशु शाखामा सेवा लिन पुगेका एक स्थानीयको रहेको छ। सोनमा गाउँपालिकाको कार्यालयभन्दा १ किलोमिटर दूरीमा मात्र रहेको पशु सेवा कार्यालय छ। पशु उपचारका लागि खोलिएको यो सेवा केन्द्र आफैं विविध प्राविधिक समस्याबाट ग्रसित छन्। महिना बितिसक्यो पशुलाई चाहिने समान्य जुकाको औषधिसमेत त्यहाँ उपलब्ध छैन, सघन सेवा त परको कुरा हो।

शाखामा डेढ महिनादेखि औषधिको अभाव छ। घरबाट पशुको उपचारका लागि आउने सेवाग्राही सेवा नपाएपछि रिसाएर घर फर्किनुपर्ने बाध्यता छ। आवश्यक जनशक्ति अनि भरपुरमात्रा औषधिजन्य सामग्री नभएकै कारण समयमा खोजेअनुरूप सेवा दिन नसकेको शाखा अधिकृत एदुन राय यादवले स्विकारेका छन्। त्यहाँ पशु सेवा शाखा अधिकृत एदुन राय यादव र एकजना सहायकस्तरका कर्मचारी दीपक यादव कार्यरत छन्। उनीहरू भने नियमित कार्यालयमा आई हाजिरी गर्ने गर्दछ। दिनभरि सेवाग्राहीको गाली वेईज्जती सुनेर टायम पास गर्नुपर्ने बाध्यता रहेको ती कर्मचारीहरू बताएका छन्। 

त्यतिमात्र होइन, यहाँ आवश्यक पूर्वाधारको बन्दोबस्त हुन सकेको छैन। जसका कारण थप समस्यासँग सामना गर्नुपर्ने उनीहरूको आफ्नो नै गुनासो छ। खानेपानीका लागि भौंतारिनुपर्ने र शौचालय गर्नका लागि परनिर्भर हुनुपर्ने जस्ता समस्या त समान्य भइसकेका छन्। पशु सेवा शाखामा शौचालय, खानेपानीजस्ता अति आवश्यक पूर्वाधारको व्यवस्थापन हुन नसक्नु दु : खद रहेको शाखा अधिकृत एदुन रायले बताए। उनले भने, ‘आवश्यक पूर्वाधारको बन्दोबस्त हुन नसक्दा सेवाग्राहीसँग गाली सुन्नुपर्ने बाध्यता रहेको छ। कारण यहाँ खानेपानी, शौचालयजस्ता आवश्यक पूर्वाधारको अभाव छ। छेउमै रहेको गाउँपालिका कार्यालय समस्याको समाधानका लागि खासै रूपमा ध्यान दिएका छैन।’

पालिकासँग आवश्यक समन्वयन गरी अबको केही दिनभित्र त्यहाँबाट कम्तीमा औषधि वितरणको बन्दोबस्त गर्ने सोनमा गाउँपालिकाकोे जनाएको छ। कार्यालय स्रोतका अनुसार समस्या जटिल नै छ तर पनि आवश्यक बन्दोबस्त गरेर सेवाग्राहीको सेवा दिनका लागि पहलकदमी गर्ने जनाएको छ। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव साह लामो समयदेखि नियमित रूपमा कार्यालयमा नआइदिँदा यस्तो समस्या सिर्जित भएको स्थानीयहरूको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.