कांग्रेसले प्रदेश मन्त्री र सांसदलाई सोध्यो स्पष्टीकरण

कांग्रेसले प्रदेश मन्त्री र सांसदलाई सोध्यो स्पष्टीकरण
सुन्नुहोस्

काठमाडौं : कांग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री तथा सांसदलाई पाँच दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

स्पष्टीकरण सोधिएकामध्ये लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदिप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन्।

त्यसैगरी लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि स्पष्टीकरण सोधिएको छ।

अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको विषयलाई गम्भीर रूपमा लिँदै तोकिएको समयभित्र जवाफ पेश गर्न निर्देशन दिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.