वैदेशिक रोजगार विभागमा ठगीधन्दा, अख्तियार सक्रिय

वैदेशिक रोजगार विभागमा ठगीधन्दा, अख्तियार सक्रिय
सुन्नुहोस्

काठमाडौं : कीर्ते हस्ताक्षरसहितको उजुरी मगाई सर्वसाधरणलाई दुःख दिएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन थालेको छ । विभागका कर्मचारी, प्रहरी र केही बिचौलियाका मिलेमतोमा किर्ते काम भएको गुनासोपछि अख्तियार सक्रिय भएको हो ।

वास्तविक ठगी गर्नेलाई जोगाउन गलत काम हुँदै आएको गुनासोछि अख्तियारले विभागका कर्मचारीलाई बयानमा बोलाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार वास्तविक दोषीलाई जोगाउन बिचौलियाका फन्दामा फरेर कर्मचारीहरू नै जबरजस्ती पक्राउ पुर्जी बनाउँदै तर्साउँदै रकम असुल गर्न थालेपछि अख्तियार सक्रिय भएको हो । 

अख्तियारले विभागका कर्मचारीहरू निरकुमार विश्वकर्मा, युवराज शर्मा लगायतलाई बयानमा बोलाएको छ । ‘दोषीलाई उम्काउने खेलमा विभागकै जिम्मेवार कर्मचारी लागेको गुनासो बढेपछि बयानका लागि बोलाइएको हो, अख्तियार स्रोतले बतायो । विभागका कर्मचारीको मिलेमतोमा नक्कली हस्ताक्षर जुटाएर उजुरी दिन लगाउने र निर्दोषबाट पैसा असुल गर्न लगाउने काम पछिल्लो समय विभागमा मौलाएको छ । यस्तो सूचना पाएपछि वैदेशिक रोजगार न्यायाधिकरणले समेत पक्राउको अनुमति दिने, नदिने विषयमा थप अध्ययन गर्न आदेश दिँदै आएको छ । रोजगारीका लागि विभिन्न देशमा पठाउने नाममा पैसा उठाउने वास्तविक दोषीलाई उम्काउन विभागकै कर्मचारी सक्रिय भएको गुनासो अख्तियार पुगेको थियो ।

अस्ट्रेलिया बसी नेपालका युवालाई ठगी गरेको भन्दै अनिल दनैले स्थापना गरेको कम्पनीका सम्बन्धमा गुनासो पुगेको थियो । विभागले भने दनैलाई जोगाउँदै अरूलाई दोषी करार गर्न थालेपछि न्यायाधीकरणले समेत चासो देखाउँदै आएको छ ।

यो विषयमा दनैसँग सम्पर्क गर्दा उपलब्ध हुन सकेन । अख्तियार स्रोतले भने दनैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भनी विभागका अधिकृतहरूलाई निर्देशन दिएको थियो । त्यसको कार्यान्वयन नभएपछि विभागका कर्मचारीहरू शंकाको घेरमा परेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.