सुबिसुले ल्यायो वाइफाइ-६ प्रविधिसहित सुरक्षा सेवा

सुबिसुले ल्यायो वाइफाइ-६ प्रविधिसहित सुरक्षा सेवा

काठमाडौं :  नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक, सुबिसु लिमिटेडले अत्याधुनिक वाइफाइ- ६ प्रविधिमा आधारित आफ्नो नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। यसका साथै, कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाको रूपमा समावेश गर्दै 'Secure Internet – SUBISU सुरक्षा' को नवीन अवधारणा ल्याएको छ।

नेपालमा वाइफाइ-६ प्रविधि उपलब्ध भए तापनि, सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने सुबिसु नेपालको पहिलो संस्था बनेको छ।

 

वाइफाइ -६ प्रविधिले उच्च गतिको इन्टरनेट अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट वाइफाइ कभरेज र एकै समयमा धेरै डिभाइसहरूलाई सहज रूपमा कनेक्ट गर्ने क्षमता राख्छ । यसले लो-लेटेन्सी (Low Latency) सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव प्रदान गर्छ, साथै डिभाइसहरूको ब्याट्री बचत गर्न पनि मद्दत गर्दछ । यो एक विशेष सुरक्षात्मक तह हो, जसले इन्टरनेट प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइटहरू, साइबर जोखिम, र अनधिकृत पहुँचबाट सुरक्षित राख्छ । यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा सुनिश्चित गर्दै परिवार र व्यावसायिक प्रयोजनका लागि सुरक्षित ब्राउजिङको वातावरण निर्माण गर्छ ।​​​​​​​

सुबिसु लिमिटेडका उपाध्यक्ष राम कृष्ण परियारले डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त नभएकाे बताए । उनले ग्राहकलाई तिब्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका बताए। उनका अनुसार वाइफाइ-६ र सुरक्षित इन्टरनेट (Secure Internet) को संयोजनमार्फत सुबिसु मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ—जहाँ गति, स्थिरता र सुरक्षा एकैसाथ उपलब्ध हुनेछन्।

कम्पनीले ग्राहककाे आवश्यकता र स्तरलाई ध्यानमा राख्दै तीन फरक प्याकेजमा सेवा उपलब्ध गराइएको जानकारी दिए । जसमा Smart WiFi 6,Pro WiFi 6, Elite WiFi 6 रहेका छन् । 

कम्पनीले याे पहललाई  नवप्रवर्तन ग्राहक सुरक्षा र भविष्यमुखी डिजिटल सेवाहरूप्रति कम्पनीको प्रतिबद्ध भएकाे दाबी गरेकाे छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.