इरान युद्धबीच ‘बादल चोरी’ का अफवाह तीव्र, वास्तविकता के हो ?
इरान : इरानसँग अमेरिका–इजरायल युद्ध १० औं हप्तामा प्रवेश गर्दैगर्दा सामाजिक सञ्जालमा मध्यपूर्वमा ‘बादल चोरी’ को दावी ‘भाइरल’ भइरहेको छ । एक हप्ताभन्दा पहिले अल–रशीद टिभीलाई दिएको अन्तर्वार्तामा इराकी सांसद अब्दुल्ला अल–खैकानीले छिमेकी देश टर्की र इरानले अमेरिकी प्रयासबारे अनौठौ गुनासो दर्ता गरेका छन् ।
उनले अमेरिकाले विमानहरूको सहयोगमा बादललाई ‘भाँच्ने’ र ‘चोर्ने’ प्रयास गरिरहेको अनौठो दावी गरेका छन् । कुनै प्रमाण नदिई उनले पछिल्ला दिन र महिनाहरूमा इराकमा फेरि वर्षा भएको बताएका छन् । वैज्ञानिकहरूको भनाइ अनुसार यस्तो कुनै ज्ञात प्रविधि छैन, जसले मानिसले बादल ‘चोर्न’ सक्छ ।
इराकी मौसम विभागका प्रवक्ता अमर अल–जाबिरीले भनेका छन्, ‘यो दाबी न त वैज्ञानिक छ न त तर्कसंगत हो ।’ उनले यो पनि भने कि गत वर्ष सेप्टेम्बरमै अनुमान गरिएको थियो कि सन् २०२६ इराकका लागि वर्षायुक्त वर्ष हुनेछ । अल–खैकानीले बीबीसीसँग ‘वायुमण्डलीय संशोधनको हतियार’ इराकमा ‘जानाजानी खडेरी सिर्जना गर्न’ प्रयोग गरिएको छ । तर उनले कुनै प्रमाण प्रस्तुत गरेनन् ।
बादल चोरीको दावी कसरी बन्यो राजनीतिक हतियार ?
टर्कीमा केही प्रयोगकर्ताहरूले इरान युद्ध र त्यहाँ भइरहेको भारी वर्षाबीच सम्बन्ध जोडिरहेका छन् । टर्कीको वातावरण, शहरीकरण र जलवायु परिवर्तन मन्त्रालयका तथ्यांक अनुसार फेब्रुअरी महिनामा पछिल्ला ६६ वर्षकै सबैभन्दा धेरै वर्षा दर्ता गरिएको थियो । एक प्रयोगकर्ताको दाबी अनुसार टर्कीमा लगातार वर्षा भइरहेको छ किनकि युद्धका कारण हवाई क्षेत्र बन्द भएको छ र यसले अमेरिकालाई ‘बादल चोरी’ गर्न रोकिएको छ । यो पोस्टलाई १० लाखभन्दा बढी पटक हेरिएको छ ।
संयुक्त राष्ट्र विश्वविद्यालयको पानी, वातावरण र स्वास्थ्य संस्थानका निर्देशक कावेह मदानी भन्छन्, ‘यी सबैको पछाडि विश्वासको कमी र जलवायुको गलत बुझाइ छ ।’ सोशल मिडियामा यी आधारहीन दाबीहरू साझा गर्नेहरूले समस्या केन्द्रमा ‘क्लाउड सीडिङ’ नामक प्रक्रियालाई राख्छन् । कावेह मदानीका अनुसार यसलाई राजनीतिक कारणले हतियार बनाइँदैछ । क्लाउड सीडिङ एक मौसम परिवर्तन प्रविधि हो, जसमा रहेका बादलहरूलाई यसरी प्रभावित गरिन्छ कि तीबाट बढी वर्षा वा हिमपात हुन सकोस् ।
यो काम विमानमार्फत सिल्भर आयोडाइड जस्ता साना कणहरू बादलमा छोडेर गरिन्छ, जसले पानीका थोपाहरू बन्न मद्दत गर्छ र वर्षा हुन्छ । पछिल्लो वर्ष इरानमा धेरै कम वर्षा भइरहेको थियो र लगभग सबै जलाशयहरू सुकिरहेका थिए । त्यसपछि इरानी अधिकारीहरूले उर्मिया ताल बेसिनमाथि क्लाउड सीडिङ गर्ने निर्णय गरेका थिए ।
यद्यपि यो प्रविधि अमेरिका, चीन र संयुक्त अरब इमिरेट्स जस्ता धेरै देशहरूमा प्रयोग गरिएको छ । वैज्ञानिकहरूको भनाइ अनुसार यसको प्रभाव सीमित हुन्छ र यसले मौसमी वर्षा १५ प्रतिशत भन्दा बढी बढाउन सक्दैन ।
प्रतिक्रिया दिनुहोस !