इरान युद्धबीच ‘बादल चोरी’ का अफवाह तीव्र, वास्तविकता के हो ?

इरान युद्धबीच ‘बादल चोरी’ का अफवाह तीव्र, वास्तविकता के हो ?

इरान :  इरानसँग अमेरिका–इजरायल युद्ध १० औं हप्तामा प्रवेश गर्दैगर्दा सामाजिक सञ्जालमा मध्यपूर्वमा ‘बादल चोरी’ को दावी ‘भाइरल’ भइरहेको छ । एक हप्ताभन्दा पहिले अल–रशीद टिभीलाई दिएको अन्तर्वार्तामा इराकी सांसद अब्दुल्ला अल–खैकानीले छिमेकी देश टर्की र इरानले अमेरिकी प्रयासबारे अनौठौ गुनासो दर्ता गरेका छन् ।

उनले अमेरिकाले विमानहरूको सहयोगमा बादललाई ‘भाँच्ने’ र ‘चोर्ने’ प्रयास गरिरहेको अनौठो दावी गरेका छन् । कुनै प्रमाण नदिई उनले पछिल्ला दिन र महिनाहरूमा इराकमा फेरि वर्षा भएको बताएका छन् । वैज्ञानिकहरूको भनाइ अनुसार यस्तो कुनै ज्ञात प्रविधि छैन, जसले मानिसले बादल ‘चोर्न’ सक्छ ।

इराकी मौसम विभागका प्रवक्ता अमर अल–जाबिरीले भनेका छन्, ‘यो दाबी न त वैज्ञानिक छ न त तर्कसंगत हो ।’ उनले यो पनि भने कि गत वर्ष सेप्टेम्बरमै अनुमान गरिएको थियो कि सन् २०२६ इराकका लागि वर्षायुक्त वर्ष हुनेछ । अल–खैकानीले बीबीसीसँग ‘वायुमण्डलीय संशोधनको हतियार’ इराकमा ‘जानाजानी खडेरी सिर्जना गर्न’ प्रयोग गरिएको छ । तर उनले कुनै प्रमाण प्रस्तुत गरेनन् ।

बादल चोरीको दावी कसरी बन्यो राजनीतिक हतियार ?
टर्कीमा केही प्रयोगकर्ताहरूले इरान युद्ध र त्यहाँ भइरहेको भारी वर्षाबीच सम्बन्ध जोडिरहेका छन् । टर्कीको वातावरण, शहरीकरण र जलवायु परिवर्तन मन्त्रालयका तथ्यांक अनुसार फेब्रुअरी महिनामा पछिल्ला ६६ वर्षकै सबैभन्दा धेरै वर्षा दर्ता गरिएको थियो । एक प्रयोगकर्ताको दाबी अनुसार टर्कीमा लगातार वर्षा भइरहेको छ किनकि युद्धका कारण हवाई क्षेत्र बन्द भएको छ र यसले अमेरिकालाई ‘बादल चोरी’ गर्न रोकिएको छ । यो पोस्टलाई १० लाखभन्दा बढी पटक हेरिएको छ ।

संयुक्त राष्ट्र विश्वविद्यालयको पानी, वातावरण र स्वास्थ्य संस्थानका निर्देशक कावेह मदानी भन्छन्, ‘यी सबैको पछाडि विश्वासको कमी र जलवायुको गलत बुझाइ छ ।’ सोशल मिडियामा यी आधारहीन दाबीहरू साझा गर्नेहरूले समस्या केन्द्रमा ‘क्लाउड सीडिङ’ नामक प्रक्रियालाई राख्छन् । कावेह मदानीका अनुसार यसलाई राजनीतिक कारणले हतियार बनाइँदैछ । क्लाउड सीडिङ एक मौसम परिवर्तन प्रविधि हो, जसमा रहेका बादलहरूलाई यसरी प्रभावित गरिन्छ कि तीबाट बढी वर्षा वा हिमपात हुन सकोस् ।

यो काम विमानमार्फत सिल्भर आयोडाइड जस्ता साना कणहरू बादलमा छोडेर गरिन्छ, जसले पानीका थोपाहरू बन्न मद्दत गर्छ र वर्षा हुन्छ । पछिल्लो वर्ष इरानमा धेरै कम वर्षा भइरहेको थियो र लगभग सबै जलाशयहरू सुकिरहेका थिए । त्यसपछि इरानी अधिकारीहरूले उर्मिया ताल बेसिनमाथि क्लाउड सीडिङ गर्ने निर्णय गरेका थिए ।

यद्यपि यो प्रविधि अमेरिका, चीन र संयुक्त अरब इमिरेट्स जस्ता धेरै देशहरूमा प्रयोग गरिएको छ । वैज्ञानिकहरूको भनाइ अनुसार यसको प्रभाव सीमित हुन्छ र यसले मौसमी वर्षा १५ प्रतिशत भन्दा बढी बढाउन सक्दैन ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.