नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनमा सम्पन्न गरेको छ।
संस्कृति, सौहार्द र सयरको संगम भन्ने नाराका साथ फागुन र चैत महिनामा सञ्चालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भरपुर मनोरञ्जन दिने गरी कार्यक्रम सम्पन्न गरिएको थियो।
कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरूले सहभागिता जनाएका उक्त कार्यक्रममा इन्द्रेणी ग्रुपका सञ्चालक एवं चर्चित कलाकारहरूबाट उत्कृष्ट लोक दोहोरी तथा नृत्यहरू प्रस्तुत गरेका थिए।
उक्त प्रस्तुतीमा सहभागि अभिकर्ताहरुले पूर्ण मनोरञ्जन लिएको र नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !