सर्वोच्च नेता खामेनीले इरानी नागरिकलाई गरे आर्थिक समस्या सामना गर्न अपिल

सर्वोच्च नेता खामेनीले इरानी नागरिकलाई गरे आर्थिक समस्या सामना गर्न अपिल
सुन्नुहोस्

इरान : इरानका सर्वोच्च नेता मोजतबा खामेनीको तर्फबाट अर्को लिखित वक्तव्य जारी भएको छ । वक्तव्यमा उनले इरानी जनतालाई ‘आर्थिक समस्या सामना’ गर्न अपिल गरेका छन् ।

बयानमा उनले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ, अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि दुश्मनलाई हराउनु पर्छ ।’ उनले भनेका छन्, ‘कामदारहरूको समर्थन गर्नुपर्छ र स्थानीय उत्पादनहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।’
 

खामेनीले व्यवसायीहरूलाई अपिल गर्दै भने, ‘व्यापार गर्ने मानिसहरू, विशेष गरी जो कठिनाइमा छन्, उनीहरूले सकेसम्म आफ्ना कर्मचारीहरूलाई कामबाट ननिकाल्ने प्रयास गर्नुपर्छ ।’ सर्वोच्च नेता बनेपछि मोजतबा खामेनी कहिल्यै क्यामेरासामु आएका छैनन् र न त उनले इरानलाई प्रत्यक्ष सम्बोधन गरेका छन् । तर, विभिन्न अवसरहरूमा उनका लिखित बयानहरू भने जारी हुने गरेका छन्, जुन इरानी सरकारी मिडियामा प्रसारण गरिन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.