जहाज चढ्न आँटेका तामाङलाई किन रोक्यो प्रहरीले ?
मोरङ : विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङ रहेका छन्।
विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला पारेपछि पक्राउ गरेको हो।
शुक्रबार राति विमान चढ्न लागेका उनको झोलाबाट स्रोत नखुलेको नगद फेला परेको हो। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !