वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा
सुनसरी : खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहेको कांग्रेस पार्टी त्यागेको घोषणा गरेका हुन्।
राई कांग्रेस सावाकटहरेका सभापति समेत रहेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट खोटेहाङ-३ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।
पार्टी परित्यागसँगै राईले अब नयाँ राजनीतिक यात्राको संकेत गरेका छन्। उनी निकट स्रोतका अनुसार राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा रहेका छन्।
राईको कांग्रेस परित्यागले खोटाङको स्थानीय राजनीतिमा तरंग सिर्जना गरेको छ। आगामी दिनमा यसले स्थानीय शक्ति सन्तुलनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। राईले पार्टी परित्याग गर्नुको स्पष्ट कारण भने सार्वजनिक गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस !