विमानस्थलबाट भारतीय नागरिकसहित २ जना पक्राउ, करिब २७ लाख रूपैयाँ बरामद

विमानस्थलबाट भारतीय नागरिकसहित २ जना पक्राउ, करिब २७ लाख रूपैयाँ बरामद
प्रहरीले बरामद गरेको रकम ।

विराटनगर : विराटनगर विमानस्थल हुँदै काठमाडौं उड्न लागेका दुई जना यात्रु ठूलो रकमसहित पक्राउ परेका छन् । स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । 

मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार शनिबार दिउँसो करिब ३:३५ बजे नियमित सुरक्षा जाँचका क्रममा भारतको माल्दा जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीलाई पक्राउ गरिएको छ । उनी श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका थिए । अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको डीएसपी चुँडालले बताइन् । 

त्यसैगरी, एक दिनअघि शुक्रबार राति करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङ पनि पक्राउ परेका छन् । तामाङको साथबाट ११ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद भएको छ । स्रोत नखुलेको यति ठूलो रकम भेटिएपछि दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको डीएसपी चुँडालले बताइन् । ‘ठूलो रकम बोकेर यात्रा गर्दा त्यसको वैध स्रोत खुलाउनुपर्छ,’ उनले भनिन्, ‘स्रोत पुष्टि गर्न नसकिएमा शंकास्पद मानिन्छ र अनुसन्धान अगाडि बढाइन्छ ।’

नेपालमा नगद बोकेर यात्रा गर्न पूर्ण प्रतिबन्ध नभएपनि असामान्य रूपमा ठूलो रकम भेटिएमा त्यसको वैधता प्रमाणित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । बैंकिङ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरिँदै आएको अवस्थामा धेरै नगदमा बोकेर हिँड्दा राजस्व छली, हुण्डी कारोबार वा अन्य गैरकानुनी गतिविधिसँग सम्बन्ध हुनसक्ने आशंकामा प्रहरीले कडाइ गर्ने गरेको छ । प्रहरीले दुवै व्यक्तिको आर्थिक पृष्ठभूमि, सम्भावित संलग्नता र रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.