दलित वडा सदस्यलाई मलमुत्र खुवाउनेमध्ये एकजना पक्राउ

दलित वडा सदस्यलाई मलमुत्र खुवाउनेमध्ये एकजना पक्राउ
सुन्नुहोस्

रौतहट : रौतहटमा बोक्सी आरोप लगाएर दलित महिला सदस्यलाई मलमुत्र खुवाउने समूहका एकजना पक्राउ परेका छन्।

रौतहट कटहरिया नगरपालिका–९ बस्ने फुदेनी माझीका छोरा ३० वर्षीय शंकर माझीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।

छिमेकीको घरमा जन्ती आएका एक जना बालकलाई जादु–टुना गरेको आरोपमा कटहरिया–९ की पूर्व वडा सदस्य ५५ वर्षीया अंकलिया देवी मुसहरलाई शनिबार साँझ केही स्थानीयले बलपूर्वक मानव मलमुत्र खुवाएको घटना सार्वजनिक भएको हो।

डूमरिया मुसहरी टोलमा पीडितको छिमेकी पुकार माझीको छोराको बिहेको अवसरमा पर्साबाट शनिबार सरियतिया (छोरी पक्षको जन्ती) आएको समयमा जन्ती आएका एकजना १० वर्षीय बच्चाले उल्टी गरेको थियो। 

सोही विषयलाई निहुँ बनाएर ‘यसले जादू–टुना गरेर बच्चालाई मार्न खोजेको’ आरोप लगाउँदै १५ देखि २० जनाको भीड आएर पूर्व वडा सदस्य अंकलिया देवीको हात, जीउ, अनुहार तथा टाउको समातेर उनीहरूले बियरको बोतलमा घोलेर ल्याएको मूत्र बलपूर्वक खुवाएको प्रत्यक्षदर्शी पीडितकी छोरी सुमिला देवी मुसहरनीले बताइन्।

आमा–छोरी मात्र शनिबार साँझ ७ बजेको समयमा घरमा रहेको अवस्थामा स्थानीय पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार, गौरी साह कलवार लगायत एक दर्जनभन्दा बढी संख्यामा आएका मानिसहरूले एक्कासि घरभित्र प्रवेश गरी सबै मिलेर बियरको बोतलमा मलमुत्र घोलेर बलपूर्वक खुवाएको छोरी सुमिलाले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.