व्यवसायीको आवरणमा आपराधिक गतिविधि गरेको पाइए कारबाही हुन्छ : अर्थमन्त्री

व्यवसायीको आवरणमा आपराधिक गतिविधि गरेको पाइए कारबाही हुन्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रुपान्तरणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री वाग्लले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

उनले वर्तमान सरकारले निजी क्षेत्र क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको धारणा राखे । अर्थमन्त्री वाग्लले निजी क्षेत्रमाथि धरकपड हुन्छ भन्ने अनावश्यक ढंगले संशय राख्नु नपर्ने भन्दै राजनीतिक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धानलाई मात्रै अघि बढाइएको स्पष्ट पारे । तर, व्यवसायीको आवरणमा अपराधिक गतिविधि गरेको पाइएमा कारवाही हुने उनको भनाइ छ ।

उनले रास्वपाले चूनावी घोषणापत्रमा समावेश गरेका विषयलाई नै प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेको बताए । अर्थमन्त्री वाग्लले रोजगारी सिर्जनादेखि उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीतिले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

साथै अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण,सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने प्रतिवद्धता समेत जनाए। उनले विदेशी लगानी भित्राउनका लागि पनि सरकारले उचित वातावरण बनाउने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.