जलेश्वरमा आगो लाग्दा २० हजारको क्षति
महोत्तरी : जलेश्वरमा आगो लाग्दा २० हजारको क्षति भएको छ। सोमबार दिउँसो जलेश्वर नगरपालिका-२ स्थित किशुन पासमानको गाई गोठमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो।
आगलागीबाट मानवीय तथा चौपायाको कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। स्थानीयवासी र नगरपालिकाको सहयोगमा समयमै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए। आगलागीको कारण यकिन हुन नसकेको डीएसपी भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !