स्मार्ट टेलिकम प्रकरण : ठगी तथा आपराधिक विश्वासघातको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

स्मार्ट टेलिकम प्रकरण : ठगी तथा आपराधिक विश्वासघातको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : ठगी तथा आपराधिक गतिविधि गरेको आरोपमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौंको खुर्सानीटारबाट सीआईबीले सोमबार पक्राउ गरेको एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए।

स्मार्ट टेलिकम प्रा. लि.ले अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य जोशीले गरेको आरोप छ। ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरी अनुसन्धान भइरहेको एसएसपी श्रेष्ठले बताए।

‘नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट मिति २०७०।०१।०२ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं. BTSL-01 ) लिई सञ्चालन भएको “स्मार्ट टेलिकम प्रा. लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८०/०१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसूरमा संलग्न जिल्ला काठमाडौं का.म.पा. वडा नं. २ खुर्सानीटार बस्ने वर्ष ४५ को सर्बेश जोशीलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई ऐ. खुर्सानीटार काठमाडौंबाट मिति २०८३/०१/२१ गते पक्राउ गरी अनुसन्धान भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ।

नवीकरण दस्तुरसहित राज्यलाई बुझाउनुपर्ने रकम नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ गते स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.