तीनजना सवार मोटरसाइकल ट्रकसँग ठोक्कियो, एकको मृत्यु, दुईजना घाइते

तीनजना सवार मोटरसाइकल ट्रकसँग ठोक्कियो, एकको मृत्यु, दुईजना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग तीनजना सवार मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार दुईजना युवा घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा बिहान ११:४० बजेतिर दुर्घटना भएको हो । 

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको बताए । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको उनको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र मोटरसाइकलकै पछाडि सवार सुन्दरहरैँचा–७ का १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटना लगत्तै प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोकश खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको छ । ट्राफिक नियमको उल्लंघन गरेर तीनजना सवार मोटरसाइकलको तीव्र गति र जथाभावी ‘ओभरटेक’का कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.