जाकरान्डाले सिंगारिएका सडकहरू (तस्बिरहरू)
काठमाडौँ : वसन्त ऋतुको आगमनसँगै संघीय राजधानी काठमाडौँका विभिन्न सडकहरू अहिले जाकरान्डा फूलले रंगिएका छन् । शहरका मुख्य सडक किनारमा फुलेका जाकरान्डा फूलहरूले वातावरणलाई मनमोहक बनाउँदै नागरिकको ध्यान आकर्षित गरेका छन् ।
विशेष गरी बबरमहल, त्रिपुरेश्वर, लाजिम्पाट, सातदोबाटोलगायत क्षेत्रहरूमा रहेका जाकरान्डा रुखहरू यतिबेला फूलले ढाकिएका छन् । हल्का बैजनी–नीलो रंगका यी फूलहरू सडकमा झरेर अझै सुन्दर दृश्य सिर्जना गरिरहेका छन्, जसले पैदलयात्री तथा सवारी चालकलाई समेत आकर्षित बनाएको छ।
हरेक वर्ष वसन्त याममा फुल्ने जाकरान्डा फूल राजधानीको सौन्दर्य बढाउने प्रमुख प्राकृतिक आकर्षणमध्ये एक मानिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा पनि यी फूलहरूका तस्बिरहरू व्यापक रूपमा शेयर भइरहेका छन्, जसले शहरको प्राकृतिक सौन्दर्यलाई थप प्रचार गरिरहेको छ ।

शहरी प्रदूषण र व्यस्त जीवन शैलीबीच यस्तो प्राकृतिक सौन्दर्यले केही समयका लागि भए पनि राहतको अनुभूति दिलाउने पैदल यात्रीहरूको भनाइ छ। जाकरान्डा फूलको यो मौसमी सौन्दर्य केही सातासम्म मात्र रहने गर्छन् ।








प्रतिक्रिया दिनुहोस !