भूमिहीनको चेतावनी : जबरजस्ती बिस्थापन गर्न खोजे आन्दोलन

भूमिहीनको चेतावनी : जबरजस्ती बिस्थापन गर्न खोजे आन्दोलन

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाहरु आन्दोलित बनेका छन्। पालिकाका प्रायः सबै वडाबाट सैयौंको संख्यामा गएका महिला–पुरूष भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाहरुले  हात हातमा प्लेकार्ड, तुल ब्यानरसहित बालेन सरकारबिरुद्ध बिभिन्न  नारा लगाउँदै  सरकारको डोजर आतंकको बिरोध गरेका छन् । 

तीन दशकदेखि बसोबास गर्दै आएका गरीब, बिपन्न, सुकुम्बासीलाई कुनै पनि बहानामा हटाउन नपाइने, आफूहरुले दिएको मतको कदर नगरे  बालेनको पनि ओलीको जस्तै हबिगत हुने चेतावनी उनीहरुले दिएका छन् ।  भूमिहीन तथा सुकुम्वासीहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै दिएको ज्ञापनपत्रमा वडा नं. १ देखि ११ सम्मका एलानी तथा सार्वजनिक जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई व्यवस्थापन नगरी डोजर चलाउने कार्य संविधान विपरीत भएको उल्लेख गरिएको छ। 

nullसोही क्रममा उनीहरुले पालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।  ज्ञापनपत्रमा नेपाल सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगमार्फत २०८०-५-२९ गते आवेदन फाराम संकलन, अनलाइन इन्ट्री तथा अभिलेखीकरणको काम सम्पन्न भइसकेकाले अब नापजाँच प्रक्रिया अघि बढाई लालपुर्जा उपलब्ध गराउन कांग्रेस नेता ज्ञानेन्द्र यादवले माग गरेका छन् । 

नागरिकको अधिकार र संविधानले प्रत्योजित गरेको बाँच्न पाउने अधिकार पुरा गराउने दायित्व राज्यको भएकाले नागरिकलाई गाँस, बास र कपासको सुनिश्चितता गरिनुपर्ने  उल्लेख गर्दै व्यवस्थापन नगरी घरविहीन बनाउने कार्य स्वीकार्य नहुने चेतावनी उनीहरुले दिएका छन् । साथै, माग सम्बोधनमा ढिलाइ भए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिँदै आन्दोलनका क्रममा हुने सम्भावित क्षतिको जिम्मेवारी नगरपालिकाको कार्यालयले लिनुपर्ने समेत उल्लेख गरिएको छ ।

भूमिहीन तथा सुकुम्वासीहरूको मुख्य मागमा बसोबास र जोतभोगका आधारमा लालपुर्जा वितरण, डोजर प्रयोग बन्द तथा जबरजस्ती विस्थापन रोक्नुपर्ने विषय रहेका छन् । सागरनाथ वनको नाममा रहेको २०० हेक्टर क्षेत्रफलमा खाली  सैयौ मानिस घर बनाएर बसोबास गर्दै आएका छन् भने अधिकांश स्थानीयहरु उक्त जग्गामा खेतीपाती गर्दै आएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.