गोरखामा मनाइयो ‘मनास्लु हीरक महोत्सव’

गोरखामा मनाइयो ‘मनास्लु हीरक महोत्सव’
सुन्नुहोस्

गोरखा : मनास्लु हिमाल पहिलो पटक आरोहणको अवसरमा गोरखामा हीरक जयन्ती मनाइएको छ । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल अवस्थित चुमनुब्री गाउँपालिका–१ सामागाउँमा हीरक जयन्ती मनाइएको हो । 

nullचुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोएशन (टान) लगायतका संस्थाहरुको सहआयोजनामा हीरक जयन्ती मनाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गरेका हुन् ।

nullसो अवसरमा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री पाण्डे तथा गाउँपालिकाका प्रमुख निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

nullसाथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको थियो ।  कार्यक्रममा भोटेलामा समुदायको सास्कृतिक सेर्का नाच तथा अन्य साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ मा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.