वनको दाउरा लिने विषयमा विवाद, एकजनाको हत्या
दाङ : राजपुर गाउँपालिका–४ मोतीपुरमा रहेको सामुदायिक वनमा दाउरा लिने विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ।
रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि आज दिउँसो सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट ५६ वर्षीय भोला यादवको मृत्यु भएको हो।
विवादपछि उनले धारिलो हतियार प्रहार गरेर यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !