मुख्यमन्त्री विजय थलापतिको घोषणा : २०० युनिट विजुली निःशुल्क, महिला सुरक्षाका लागि विशेष दस्ता

मुख्यमन्त्री विजय थलापतिको घोषणा : २०० युनिट विजुली निःशुल्क, महिला सुरक्षाका लागि विशेष दस्ता

भारत : तमिलनाडुका मुख्यमन्त्री बनेपछि सी जोसेफ विजय थलापति लोकप्रिय तीन निर्णयको फाइलमा हस्ताक्षर गरेका छन् । उनले २०० युनिट निःशुल्क बिजुली र महिलाको सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पदको शपथ लिँदै थलापतिले आफ्नो पहिलो वाचा पूरा गर्दै २०० युनिट निःशुल्क बिजुलीसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । यसका साथै उनले महिलाको सुरक्षाका लागि विशेष बल गठनसम्बन्धी फाइलमा पनि हस्ताक्षर गरेका छन् ।

यस्तै उनले लागूऔषधको समस्यासँग जुध्न हरेक जिल्लामा विशेष बल गठन गर्ने निर्णयको फाइलमा पनि हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री बनेपछि विजयले आफू कुनै शाही वंशबाट नआएको बताएका छन् । जवाहरलाल नेहरू स्टेडियममा आफ्नो पहिलो सम्बोधनमा विजयले ‘वास्तविक धर्मनिरपेक्षता र सामाजिक न्याय’ का लागि प्रतिबद्ध शासनको नयाँ युग सुरु भएको बताए । उनले भने, ‘अब सत्ता कुनै अर्को केन्द्रमा होइन, आफैमा केन्द्रित हुनेछ ।’

विजयले सरकार गठनमा समर्थन गर्ने कांग्रेस, विदुथलाई चिरुथिगल काची, भारतीय युनियन मुस्लिम लिग र वाम दलहरूलाई धन्यवाद दिएका छन् । उनले विशेष रूपमा बालबालिकालाई धन्यवाद दिँदै टीभीकेको जित उनीहरूकै कारण सम्भव भएको थियो, किनकी उनीहरूले आफ्ना परिवारलाई पार्टीको पक्षमा मतदान गर्न राजी गराएका थिए ।

प्रधानमन्त्री मोदीले दिए बधाई
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार थलापतिलार्ई तमिलनाडुका मुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका छन् । उनले केन्द्र सरकार राज्य सरकारसँग मिलेर जनताको जीवनस्तर सुधार्न काम गरिरहने बताए । टीभीके प्रमुख विजयले आइतबार तमिलनाडुका मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् । राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले चेन्नईमा आयोजित भव्य समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मल्लिकार्जुन खरगेले के भने ?
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले विजयलाई मुख्यमन्त्री बनेकोमा बधाई दिँदै विश्वास व्यक्त गरेका छन् । टीभीके प्रमुखको नेतृत्वले लामो समयदेखि तमिलनाडुको राजनीतिक र सामाजिक चेतनालाई निर्देशित गर्दै आएका मूल्यहरूलाई अझ अगाडि बढाउने उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.