प्रधानमन्त्रीलाई सहज बनाउन संवैधानिक परिषद्को परिकल्पना गरिएको होइन : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सहज बनाउन संवैधानिक परिषद्को परिकल्पना नगरिएको बताएको छ। प्रतिनिधिसभा बैठकमा सचेतक निश्कल राईले सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आफू अनुकूल संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताए।
'संवैधानिक अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतै पनि फाइदा पुर्याएको छैन। गणपूरक संख्या तोक्ने विषय संविधानले परिकल्पना गर्न सकिँदैन,' उनले भने।
उनले प्रधानमन्त्रीसहित तीन जनाले मात्र संवैधानिक परिषद्मा बहुमत हुन नसक्ने बताए। 'प्रधानमन्त्रीलाई सहज बनाउन संवैधानिक निकायको परिकल्पना गरिएको होइन। यसमा कांग्रेसले सात बुँदामा प्रस्टरूपमा भनिसकेक छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !