सेयर बजारमा ३८ अंकको सुधार ,साढे ४ अर्बको कारोबार

सेयर बजारमा ३८ अंकको सुधार ,साढे ४ अर्बको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको हो।

यसदिन साढे ४ अर्ब बराबरको सेयर कारोबार भएको छ। ३३२ वटा स्क्रिप्सको १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर ४ अर्ब ६१ करोड ५६ लाख ३ हजार ६३५ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २४७ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

फस्ट माइक्रो लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १४.१९ प्रतिशतले बढ्यो। कुमारी धनवृद्धि योजनाको सेयर ११.३७ प्रतिशतले बढ्दा दोल्टी पावरको सेयर ८.४३ प्रतिशतले बढ्यो।

२१ अर्ब बराबरको सेयर कारोबार गरी रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले १७ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

नेसनल हाइड्रोपावरले १६ करोडको सेयर कारोबार गर्दा रिडी पावर र साहस उर्जाले १५ -१५ करोडको कारोबार गरे।
 यसदिन १३ वटै समूहको उपसूचकमा हरियाली आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.