भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सरकारको नीति तथा कार्यक्रममा के छ?
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गर्ने बताएका छन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !