दुर्घटना

धादिङमा दुई बस र ट्रक ठोक्किए, १६ जना घाइते

धादिङमा दुई बस र ट्रक ठोक्किए, १६ जना घाइते

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको महेशदोभान नजिकै २ बस र १ ट्रक एकआपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७४८८ नम्बरको बस, काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७१६ नम्बरको बस र सोही दिशातर्फ गइरहेको बागमती प्रदेश ००३ -००६ ख २०५६ नम्बरको ट्रक राति करिब ११:१० बजेको समयमा एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी) प्रकाश दाहालले जानकारी दिए। 

null

घाइतेमध्ये केहीको  बैरेनी अस्पतालमा सामान्य उपचारपश्चात काठमाडौंका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। उनीहरुको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं, शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

दाहालका अनुसार तीव्र गतिका कारण सवारीसाधनले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.