धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ : अर्थमन्त्री वाग्ले

धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं :  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगतभन्दा पनि बजेटकै विषयलाई लिएर आइरहेको बताएका छन् ।

उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर अनौपचारिक रुपमा व्यक्तिगत र समूहगत रुपमा समेत भेटघाट गरिरहेको जानकारी दिएका छन् । अर्थमन्त्री वाग्लेले अधिकांश सांसदहरु नीतिगत भन्दा पनि केहि साना–साना बजेटकै कुरा लिएर आउने गरेको बताउँदै यो विगतकै अभ्यास समेत भएको बताए । अर्थमन्त्री वाग्लेले यस पटक बजेटमा सिधै अर्थ मन्त्रालय प्रवेश नगर्ने र जुन मन्त्रालय अन्तर्गतको योजना हो त्यहि मन्त्रालय अन्तर्गत आउनु पर्छ भन्ने सिद्धान्तको आधारमा अगाडि बढिरहेको समेत जानकारी गराए ।

उनले सम्बन्धित मन्त्रालयमा ‘इन्ट्री’ भएर आउने र असाध्यै जायज, १६ आवधिक योजना र सरकारले नै बोलेका कुरा र वाचा र सांसदले आफ्ना निर्वाचन क्षेत्रमा गरेका वाचाका विषयमा अर्थमन्त्रालय उद्धार भए पनि त्यो चरणमा अर्थ मन्त्रालय पुगिनसकेको अर्थमन्त्री वाग्लेले बताए । अहिले पनि सांसदहरुका योजनाहरुलाई अधिकतम रुपमा बजेटमा समावेश गर्न अर्थ मन्त्रालयले काम गरिरहेको समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.