घरायशी सामाग्रीसहितको पिकअप जीप नियन्त्रणमा

घरायशी सामाग्रीसहितको पिकअप जीप नियन्त्रणमा
सुन्नुहोस्

स्याङ्जा : विल नभएका सामान लिएर आउँदै गरेको पिकअप जीपलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट-पोखरातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च २१७५ नम्बरको बोलेरो पिकअपलाई प्रहरीले पुतलीबजार नगरपालिका–१ सहिदचोकमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा बिल नभएका घरायशी सामाग्री भेटिएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए । उनका अनुसार,‘नियन्त्रणमा लिइएका ती सामाग्रीको अनुमानित मूल्य एक लाख ३७ हजार १७५ रुपैयाँ छ ।

कस्टिक सोडा, तार्पिन आयल, लिक्विड सोप, टाइल्स क्लिनर, मार्बल क्लिन, नट्रिक एसिड, कोइला, टीआर भोललगायतका ११ प्रकारका १४ सय वटा घरायशी सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.