एमजीएस६ ईभी नेपालमा, मूल्य ६९ लाख ९९ हजार रुपैयाँ
काठमाडौं : पारामाउन्ट मोटर्स नेपालले नेपालमा नयाँ एमजीएससिक्स इभि ट्रफि लङ रेन्ज सार्वजनिक गरेको छ। नेपालका लागि एमजी मोटरको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले प्रिमियम इलेक्ट्रिक एसयूभीको रूपमा नयाँ मोडल नेपाली बजारमा भित्र्याएको जनाएको हो।
नयाँ एमजी एस सिक्स इभि सार्वजनिक कार्यक्रममा एमजी एसएमआएलका प्रतिनिधि मोहम्मद् क्वासिम जोहरको विशेष उपस्थिति रहेको थियो। कम्पनीका अनुसार अत्याधुनिक इभि प्रविधिमा आधारित एमजी एस सिक्स इभिले उत्कृष्ट परफर्मेन्स, स्मार्ट कनेक्टिभिटी तथा प्रिमियम कम्फर्ट प्रदान गर्नेछ।
शक्तिशाली एक्सेलेरेशन र आधुनिक डिजाइनका कारण नेपाली विद्युतीय सवारी बजारमा यसले नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ। यो इलेक्ट्रिक एसयूभीमा १८० किलोवाट क्षमताको मोटर तथा ७७ किलोवाट ब्याट्री प्याक प्रयोग गरिएको छ। डब्ल्यूएलटिपि मापदण्डअनुसार यसले एकपटकको फुल चार्जमा ५३० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीले जनाएको छ।
नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै गाडीमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स उपलब्ध गराइएको छ। साथै रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणाली र रियर–ह्विल ड्राइभ प्रविधिका कारण स्थिर, सहज तथा डायनामिक ड्राइभिङ अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।
कम्पनीले एमजी एस सिक्स इभिमा हाल सञ्चालनमा रहेको ११ वर्ष वा १५ लाख किलोमिटरसम्मको विस्तारित वारेन्टी योजना पनि लागू हुने जनाएको छ। साथै मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध हुनेछ। एमजी एस सिक्स इभि ट्रफि लङ रेन्जले नेपाली बजारमा प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकहरूले देशभर रहेका एमजी शोरुममार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस !