अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा
ब्युनर्स आयर्स : आगामी जुन ११ देखि उत्तर अमेरिकाको तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ का लागि साविक विजेता अर्जेन्टिनाले प्रारम्भिक टोली घोषणा गरेको छ। अर्जेन्टिना फुटबल संघले ५५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।
लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने अभियानमा रहेको अर्जेन्टिनाले ६ गोलरक्षक, १८ डिफेन्डर, १५ मिडफिल्डर र १६ फरवाडलाई समेट्दै प्रारम्भिक टोली घोषणा गरेको हो।
घोषित टोलीको गोलरक्षकमा एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, जुआन मुसो, वाल्टर बेनिटेज, फाकुन्डो काम्बेसेस र सान्टियागो बेल्ट्रान छन्। यस्तै डिफेन्डरमा अगस्टिन जियाय, गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, निकोलस कापाल्डो, केभिन म्याक एलिस्टर, लुकास मार्टिनेज क्वार्ता, मार्कोस सेनेसी, लिसान्द्रो मार्टिनेज, निकोलास ओटामेन्डी,लियोनार्डो बालेर्दी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लाउतारो डी लोलो, जाइद रोमेरो, फाकुन्डो मेदिना, मार्कोस अकुना, निकोलस ट्याग्ललिएफिको र गाब्रियल रोजासले स्थान बनाएका छन्।
यसैगरी मिडफिल्डरमा माक्सिमो पेरोने, लिएन्ड्रो परेडेस, गुइडो रोड्रिगेज, अनिबाल मोरेनो, मिल्टन डेलगाडो, अलान भरेला, इजेक्वेल फर्नान्डेज, रोड्रिगो डे पाउल, इजेक्वेल पलासियोस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जिओभानी लो सेल्सो, निकोलास डोमिङ्गेज, एमिलियानो बुयन्दिया र भालेन्टिन बार्को छन्।
यस्तै फरवार्डमा लियोनल मेसी, निकोलास पाज, फ्रान्को मास्तान्तुओनो, थियागो आल्माडा, टोमस अरान्डा, निकोलास गोन्जालेज, अलेजान्द्रो गार्नाचो, गिउलियानो सिमोनी, माटिएस सोउल, क्लाउडियो एचेभेरी, गियानलुका प्रेस्तियानी, सान्टियागो कास्ट्रो, लाउतारो मार्टिनेज, जोस मानुएल लोपेज, जुलियन आल्भारेज र माटेओ पेलेग्रिनो छन्।
प्रतिक्रिया दिनुहोस !