हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदा मृत्यु, अझै खुलेन पहिचान
गोरखा : गोरखामा २४ घण्टाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन । मंगलबार बिहान १०ः४० बजे गोरखा नगरपालिका–१३ तीनकिलोस्थित सडक किनारामा हिंडिरहेका अन्दाजी ५० बर्षका पुरुषको बा ९९ प ५५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको थियो ।
तत्काल आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि उनको थप उपचारका लागि भरतपुर अस्पताल पठाउँदा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएको २४ घण्टा भइसक्दा पनि उनको पहिचान नखुलेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनी पोखरातिरको हुनसक्ने अनुमान गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !