सगरमाथाको चुचुरोसम्मै ‘रोप फिक्सिङ’,  आरोही उत्साहित

सगरमाथाको चुचुरोसम्मै ‘रोप फिक्सिङ’,  आरोही उत्साहित
फाइल फोटो
सुन्नुहोस्

ओखलढुङ्गा : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्षको बाटो पूर्णरूपमा खुलेको छ । पर्वतारोहण सञ्चालक संघको अगुवाइमा खटिएका दक्ष शेर्पाहरूको टोलीले चुचुरोसम्मै डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सफलतापूर्वक सम्पन्न गरेसँगै आरोहणको औपचारिक ढोका खुलेको हो ।

पीक प्रमोशनका सम्पर्क अधिकृत तथा अनुभवी हिमाल आरोही आङ्बाबु शेर्पाका अनुसार डोरी टाँग्ने काम सकिएसँगै अब आरोहीहरूका लागि शिखरसम्म पुग्ने बाटो सुरक्षित भएको छ । ‘बाटो खुलेको खबरले आधार शिविरमा रहेका आरोहीहरूमा निकै उत्साह थपिएको छ’, शेर्पाले भने । बुधबार १० बज्दा बाटो खुलेको जानकारी आएको उनको भनाई छ । पर्यटन विभागले भने यसको आधिकारिक पुष्टी गरिसकेको छैन ।

४०० बढीको अनुमति, क्याम्पहरूमा बढ्दो चहलपहल

पर्यटन विभागका अनुसार सन् २०२६ को यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४१४ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेहरूमा १०० महिला र ३६४ पुरुष रहेका छन् । आरोहीहरूको यो बाक्लो उपस्थितिले आधार शिविरदेखि माथिल्लो क्याम्पहरू सम्म चहलपहल निकै बढाएको छ ।

हाल अधिकांश आरोहीहरू आधार शिविर र क्याम्प २ को आसपासमा रहेर मौसम अनुकूल हुने प्रतिक्षा गरिरहेका छन् । बाटो खुलेसँगै अब अनुकूल मौसमको छाँटकाँट हेरी आरोहीहरू पालैपालो चुचुरोतर्फ प्रस्थान गर्ने तयारीमा जुटेका छन् । यस वर्ष नेपालतर्फको दक्षिण मोहडाबाट आरोहण गर्नेहरूको संख्या उल्लेख्य रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.