विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो।
तर, प्रधानमन्त्री जवाफ दिन नआएपछि विपक्षी दलका सांसदहरूले सदनमा अवरोध गरे। बैठकका कामकारवाही अघि बढ्न नदिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराएका छन्।
अवरोधका बीच विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामाको माग समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !