प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल

काठमाडौं : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ। बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेश गरेका हुन्।

सभामुख डोल प्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई टेबल गर्न समय दिएका हुन्। टेबल गर्ने क्रममा विपक्षी दलहरूले सिटबाट उठेर विरोध जनाएका छन्। 

सदनमा अवरोध पुर्‍याएपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसदहरूलाई बोल्न समय दिएका छन्। विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री शाह सहभागी नभएपछि आपत्ती जनाएका छन्। उनीहरूले संसदमा अवरोध कायमै राखेका छन्।

सभामुखले सभाको कामकारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरिरहेका छन्। तर पनि विपक्षी दलका सांसदहरू आफ्नो अडान छोडेका छैनन्।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.