प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने मिति तोक्ने अधिकार मसँग छैन : सभामुख


काठमाडौं : सभामुख डोल प्रसाद अर्यालले आगामी दिनमा प्रधानमन्त्री वा कोहि पनि सांसदहरूलाई उपस्थित गराउने कुनै आधार र अधिकार आफूले नदेखेको बताएका छन्।

प्रधानमन्त्रीको उपस्थीति माग गर्दै विपक्षी दलले सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने विषयमा आफूले छलफल मात्र गर्न सक्ने भन्दै आगामी दिनमा कसैलाई पनि उपस्थीति गराउने मिति तोक्ने अधिकार आफूसँग नभएको बताए।

सांसदहरूको माग अनुसार आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र छलफलका निष्कर्ष बैठकलाई सुनाउने उनले प्रतिवद्धता जनाए।

सभामुख अर्यालले जबरजस्ती सदन चलाउनको लागि बैठकमा बस्नुस भनेर आफूले नभनेको तर जनता र देश निर्माणको मुद्दामा सहमतिका साथ सदनलाई अघि बढाउन आग्रह मात्रै गरेको धारणा राखे। प्रधानमन्त्रीसँग सम्वाद गर्ने प्रतिवद्धता जनाएपछि विपक्षी दलका सांसदहरूले निरन्तर सदन अवरुद्ध गरेका थिए ।

कांग्रेसको संसदीय  दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको अडान कायम राखे। विपक्षीको विरोधका कारण सभामुख अर्यालले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.