बेपत्ता भनिएका तीन बालक भेटिए

बेपत्ता भनिएका तीन बालक भेटिए
सुन्नुहोस्

रौतहट : कटहरिया बजारबाट एकैपटक सम्पर्कविहीन तीनजना बालक सकुशल अवस्थामा गौर बसपार्कमा फेला परेका छन्। बालकहरू हराएको खबरपछि परिवार मात्रै होइन, स्थानीयवासी र प्रहरी प्रशासनसमेत चिन्तित बनेका थिए।

त्रीशक्ति बोर्डिङ स्कुल, कटहरियामा कक्षा ५ मा अध्ययनरत कटहरिया नगरपालिका-५ निवासी १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग सोमबार दिउँसोदेखि अचानक सम्पर्कविहीन भएका थिए।

 

आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा खोजी गर्दा समेत कुनै जानकारी नपाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले तीनैजनाको तस्बिर र हुलियासहितको विवरण विभिन्न सुरक्षा निकायमा पठाएर खोजी अभियान तीव्र बनाएको थियो।

बुधबार दिउँसो भने उनीहरू गौर बसपार्क क्षेत्रमा फेला परेका हुन्। सम्सुदिन अन्सारीका एक आफन्तले बालकहरूलाई देखेपछि परिवारलाई खबर गरेका थिए। परिवारको सम्पर्कमा आएपछि बालकहरूले आफूहरूलाई कसैले अपहरण नगरेको र स्वेच्छाले सीमावर्ती भारतीय बजार बैरगनिया घुम्न गएको बताएका छन्। 

उनीहरू दुई दिन बैरगनियामा घुमफिर गरेका थिए भने राति रेलवे स्टेशनमै बसेका थिए। बुधबार गौर घुम्न आएका बेला आफन्तले उनीहरूलाई पहिचान गरेपछी घर परिवारलाई खबर गरेका थिए। 

घटनाले केही समयका लागि कटहरिया बजार क्षेत्रमा त्रास र चिन्ता फैलाएको थियो। एकैपटक तीनजना बालक हराएको घटना यसअघि नभएको भन्दै स्थानीयवासीसमेत अत्यन्तै चिन्तित बनेका थिए। तीनैजना सकुशल भेटिएपछि प्रहरीको रोहबरमा परिवारलाई बुझाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.