काम गर्दैगर्दा चार तलाबाट खस्दा दुई मजदुरको मृत्यु
रौतहट : सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । मलंगवा नगरपालिका– १० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका– २ निवासी करिब ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !