प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ
काठमाडौं : प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। संसद् सचिवालयमा बिहीबार आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालसमक्ष अधिकारीले शपथ लिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। सचिव अधिकारीले आजैदेखि कार्यभार सम्हालेका छन्।
प्रतिक्रिया दिनुहोस !