नक्कली गहना धितो राखी ठगी गर्ने तीन जना पक्राउ

नक्कली गहना धितो राखी ठगी गर्ने तीन जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका-८ बस्ने झापा अर्जुनधारा नगरपालिका-३ घर भएका २७ वर्षीय अजित विश्वकर्मालाई पक्राउ गरेको हो।

ललितपुरका एक सुनचाँदी व्यवसायीलाई मेरो आमा बिरामी हुनु भएकोले उपचारको लागि रकम आवश्यक परेको र सुन धितो राखी रकम माग गरी नक्कली बिल बिजक बनाई विश्वास दिलाई सुनको लेप लगाएको नक्कली सुन राखी ५ लाख ऋण लिई ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना  समेत बरामद गरेको छ । 
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.