यी हुन् देशका विभिन्न क्षेत्रमा अवरुद्ध भएका सडकहरू
काठमाडौं : तीनवटा जिल्लामा हाल विभिन्न सडक अवरुद्ध भएको छ। पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भन्ज्याङमा सडक अवरुद्ध भएको छ।
सम्भावित बाढी तथा पहिरोका कारणले काभ्रे र हुम्लाको केही सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हुम्लाको नाम्खा गाउँपालिका-२ मा पर्ने हिल्सा सिमिकोट सडकमा सम्भावित पहिरोको कारणले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी काभ्रेमा सम्भावित बाढीलाई मध्यनजर गर्दै विपि राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेवेशी सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !