पुरानो रिसइबीले दाजुभाइको हत्या : संलग्न पक्राउ, शव त्रिशुली अस्पतालमा

पुरानो रिसइबीले दाजुभाइको हत्या : संलग्न पक्राउ, शव त्रिशुली अस्पतालमा

नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ । 

म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा  म्यागङ–४ का किम्ताङका ४३ वर्षीय समराज  तामाङ  र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङलाई किम्ताङकै  ३६ वर्षीय धनबहादुर तामाङ भन्ने धने तामाङले हत्या गरेका घटनामा धने तामाङसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

पुरानो रिसइबीको कारण धनेले भरुवा बन्दुकले दाजुभाइमाथि प्रहार गरेर हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर घटनास्थल गई शवको उत्खनन् गर्नुका साथै दुई दिनपछि विहीवार ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  किम्ताङबेशी तोमजोङ खोलास्थितमा ढुङ्गाको चेपमा पानीको भागमा ढुङ्गाहरुले चेपिएर राखिएको अवस्थामा समराज  तामाङ र सूर्यमान तामाङ दाजुभाइको शव फेला पारी पोष्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार पहिले उक्त घटनासँग सम्बन्धित चार जना व्यक्तिहरु नियन्त्रण लिइएको र मुख्य अभियुक्तहरु फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन, तालुक प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा फरार रहेका धनबहादुर तामाङ भन्ने धने तामाङ र माइला भन्ने सोमबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले विहीवार धादिङको खनियाँबास–५ भिरवनबाट  पक्राउ गरेको हो । उक्त घटनासँग सम्बन्धित मोटरसाइकल एक थान  र भरुवा बन्दुक तीन थान समेत बरामद गरी उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी लामाले बताए ।

उनका अनुसार नुवाकोटको उक्त किम्ताङ हत्या प्रकरणमा  संलग्न रहेको मुख्य दुई जनामाथि गहन अनुसन्धान जारी रहेको छ । दाजुभाइ हत्याको घटनामा पक्राउ परेका ६ जनामध्ये मुख्य संलग्न भनिएका दुई जनामाथिको अनुसन्धान गहन बनाइएको नुवाकोट प्रहरीले जनाएको छ । 
हत्या गरेर शव खोलामा गाडेको अवस्थामा फेला परेको थियो ।

धने तामाङ र मृतक दाजुभाइबीच निर्माण सम्वन्धि विषयमा विवाद हुँदा उक्त घटना भएकोे म्यागङ गापा–४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए । मृतकहरु र पक्राउ परेका धने गाउँमा ठेक्कामा निर्माण सम्वन्धि विभिन्न काम गर्दै आएको स्थानीयवासीले वताए । एकाघरका दाजुभाइको हत्या भएपछि सूर्यमान र समराजको गाउँ शोकमा डुवेको छ  ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.